Friday, October 13, 2017

नेपाल लोकतान्त्रिक फोरम पार्टी प्रदेश नं ४ को पुर्नगठन पोखराका अमन बिक्रम थापा कोषाध्यक्ष पदमा चयन

 -शंकर तिवारी 
पोखरा
-चुनावको मिति नजिकिदै जाँदा दलहरुले गठबन्धन संगै आफ्नो पार्टी भित्रको आन्तरिक संगठनलाई बिस्तार संगै बलियो बनाउने कामलाई तिब्रता दिइरहेका छन् ।


यसैबिचमा नेपाल लोकतान्त्रिक फोरम पार्टी प्रदेश नं ४ को पुर्नगठन भएको छ । तनहुंको दमौलीमा  आज सम्पन्न भेलाले मंसिरमा हुन लागेको संद्य र प्रदेशको चुनावलाई मध्यनजर गर्दै १७ सदस्य रहेको कार्यसमिति पुर्नगठन गरेको हो । नयाँ कार्यसमितिमा पोखराका अमन बिक्रम थापा कोषाध्यक्ष पदमा चयन भएका छन् ।

कार्यसमितिको अध्यक्षमा देव बहादुर दुरा ,उपाध्यक्ष खडा नन्द आचार्य ,सचिव राज कुमार महतो सहसचिव दिपक भट्टराई ,कोषाध्यक्ष अमनविक्रम थापा रहेका छन् भने सदस्यहरु चन्द्र बहादुर थापा ,इन्द्रधवज वरूवाल ,राजेन्द्र भट्टराई ,दक्षिणा सुवेदि,सिरजना लामा ,जफर मियाँ ,चिनिमाया दरै,पदम सिरिस,दिरा पुन,मिना थापा,दल बहादुर केसी,सरस्वती देवि शर्मा रहेका छन् ।

नेपाली जनता द्धारा जारी गरिएको संबिद्यान कार्यन्वयनको दिशामा एक भएर लाग्नेछौं  कोषाध्यक्ष थापाले भनेस्(  संबिद्यानको सफल कार्यन्वयनलाई पूर्णता दिलाउनका लागि मंसिरमा हुन लागेको निर्वाचनलाई सफल पार्दै देश पार्दै युवा नेतृत्वको अबसर आए पक्कै पनि देश समृद्धिको बाटोमा अगाडी बढ्नेछ ।

No comments:

Post a Comment